FAQs Complain Problems

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम २०७३/०४/३१ गते सम्पन्न भएको छ। भानु नगरपालिकाका अधिकृत दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आ व २०७२/०७३ नगरपालिकाबाट भएका काम, नगरपालिकाको आम्दानि खर्च लगायतका बिषयमा समिक्षा गरिएको थियो। 

कार्यक्रममालाई सम्बोधन गर्दै अधिकृत तिवारीले यस साहित्यिक नगरी भानु नगरपालिकालाई थप नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। यस नयाँ नगरपालिकामा जनशक्ति, पुर्वाधार , बैंक तथा बित्तिय सस्थांरुको, सञ्चार माध्यम लगायतको कमि रहेको औल्याउदै तिवारीले आगामि आर्थिक बर्ष भानु नगरबासी सम्झन लायएकको काम गरेर देखाउने बिश्वास दिलाउनु भएको थियो।  कार्यक्रममा नगरवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।