FAQs Complain Problems

समाचार

Photo Gallery

भानु नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा नगर प्रमुख ज्यूद्वारा रक्तदान गरि कार्यक्रमको शूभारम्भ …

भानु नगरपालिकाको आयोजना एवम् नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँ र नेपाल रेडक्रस सोसाईटी भानुभक्त उपशाखा भानुको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम भानु नगरपालिकाको फ़ुस्रेटारमा आयोजना गरिएको छ ।

कार्यक्रममा उप प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत ,शाखा प्रमुख,जनप्रतिनिधि ,राष्ट्रसेवक कर्मचारी ,पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।

, , , , , , , , , , , , , , , , , , ,

भानु नगरपालिका १० औ स्थापना दिवस असोज १३,१४ र १५ .

भानु नगरपालिकाको १० औ स्थापना दिवसको शुभअवसरमा निर्धारित कार्यक्रम अन्तरगत भानु नगर प्रमुख आनन्द राज त्रिपाठी ज्यूको संयोजकत्व एवम् नगर उप प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत ,वडाध्यक्षहरु ,नगरका विभिन्न शाखाका प्रमुख ,कर्मचारी र जनप्रतिनिधिको सहभगिता सहित ,आज भन्सार स्थित भानु नगरपालिकाको सेवा प्रवाह कार्यालय र फुस्रेटारमा सरसफाई ,डुम्रे बजार भानु परिसरमा गमलामा पुष्प रोपण तथा रुद्राक्षको विरुवा वृक्षारोपण गरिएको छ ।

, , , , , , , , , , , , , , , ,

प्रमुख प्रशासकीय अधिकृत सरको बिदाइ कार्यक्रम ।
मिति २०७८ पौष १९ गते
भानु नगरपालिका तनहुँका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्री भीमप्रसाद तिवारी सरको औपचारिक बिदाइ गरियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार उहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखरा सरूवा हुनुभएको हो । विगत ९ महिनादेखि भानुमा रहँदा उहाँको कार्यशैली, बोली, व्यवहार,  समन्वयकारी भूमिका र कर्मचारीहरूका लागि अभिभावकीय नेतृत्व  निकै अनुकरणीय रह्यो । सरको भावि जीवन सुखद, उपलब्धिमूलक बनुन्, वृत्तिविकास गर्ने अवसरका ढोकाहरू खुल्दै जाउन् भन्दै  उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । 

, , , , , , , , , , , , , , , , , , ,

भानु नगरपालिका तनहुँको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा आयोजित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण (GESI Audit) सम्बन्धि स्थानीय तहको क्षमता विकास सम्बन्धी तीन दिवसीय कार्यशाला आज मिति २०७८ साल कार्तिक १६ गते सम्पन्न भएको छ । नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यशालामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका विज्ञ सहजकर्ताहरुद्वय नवीन चन्द्र घिमिरे र निर्मला अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा नगरकार्यपालिकाका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु तथा राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो । यसै क्रममा भानु नगरपालिकाले तय गरेको नीति, कानून तथा कार्यविधिहरु र कार्यक्रम एवं बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मर्म र भावना लाई के कति सम्बोधन गरेको छ भन्ने विषयमा विभिन्न पाँच वटा क्षेत्रको स्वमूल्याङ्कन तथा समीक्षा भएको थियो ।

कार्यशालाको अन्तमा प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले कार्यक्रममा भानु नगरपालिकाको सुक्ष्म आत्मसमीक्षा गर्दै सुधारका लागि निकै महत्वपूर्ण सुझाव एवं पुष्ठपोषण प्राप्त भएको कुरा उल्लेख गर्नुहुँदै आगामी दिनमा समग्र भानुको कार्यसम्पादनको गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

, , , , , , , , , , , , , , , ,

भानु नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्रदेव पाण्डे नेपाल सरकारको सह सचिव पदमा बढुवा हुनुभई बैतडी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई जानु भएकोमा बधाई तथा शुभकामना साथै विदाई , सेवा निवृत हुनुभएका भानु नगरपालिका शिक्षा शाखाका उप सचिव श्री डिल्लीरमण भट्टराईको विदाई र भानु नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका श्री भिम प्रसाद तिवारीलाई स्वागत कार्यक्रम ।

मिति : २०७८/०१/०२

, , , , , , , , , , , , , ,

Pages