FAQs Complain Problems

Photo Gallery

ट्राफिक सचेतना बोर्ड हस्तान्तरण कार्यक्रम - २०७७/१०/२९

भानु नगरपालिकाको सौजन्यमा नगरपालिका भित्रका सडकहरुमा राख्नका लागि नगर प्रमुख उदयराज गौलीद्वारा जिल्ला ट्राफिक कार्यालय,तनहुँलाई २७ वटा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय,तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले होर्डिङ बोर्ड राख्नुको उद्देश्य बारे बोल्नु भएको थियो । साथै नगर प्रमुख उदयराज गौलीले पनि यसको आवश्यकता र महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्रदेव पाण्डे, इलाका प्रहरी कार्यालय,भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक श्री प्रकाश भुषाल, नगरकार्यपालिका सदस्य श्री देव बहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।

, , ,

भानु नगरपालिका तनहुँमा सञ्चालन भएको कक्षा १ को नयाँ पाठ्यक्रम सम्बन्धि प्रबोधीकरण/ Curriculum Dissemination कार्यक्रम  सम्पन्न भएको छ । २०७७ माघ १६ देखि १८ सम्म भानु ९ बाईसजँघार केन्द्रमा र माघ २३ देखि २५ सम्म भानु २ फुस्रेटार केन्द्रमा गरी दुई चरणमा सम्पन्न गरिएको हो ।

, , , , , , ,

भूमी समस्या समाधान आयाेग,भूमीहीन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थीत बसोबास सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम भानु नगरस्तरीय सहजीकरण समीती १३ वडाको वार्ड स्तरीय सहजीकरण समीतीका सदस्य हरुलाई सहभागी गराई कार्यक्रम संचालन गरीएको छ । कार्यक्रमको अध्यक्षता भानु नगरपालिका प्रमुख एवं सहजीकरण स‌ंयोजक श्री उदयराज गौली ज्यूको अध्यक्षतामा भूमी समस्या समाधान आयोगका केन्द्रिय सदस्य गण्डकी प्रदेश संयोजक श्री एक बहादुर रानाको प्रमुख आतिथ्यमा भएको छ । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले आफ्नो मन्तव्य एव‌ं कार्यक्रम सफलताको प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।

, , , , , , , , , , , , , , , , , , ,

Pages