FAQs Complain Problems

भानु नगरपालिकाको पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक सम्पन्न

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७४/०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक भानु नगरपालिकाको कार्यकारी अधिकृत श्री दयाराम तिवारीको अध्यक्षतामा मिति २०७३-०८-१८ मा सम्पन्न भयो।

उक्त कार्यक्रममा भानु नगरपालिकामा कृयाशील राजनितिक पार्टीका नगर प्रतिनिधी, भानु न.पा. भित्र रहेका सरकारी कार्यालयका प्रमुखहरु, वडा नागरिक मञ्चका संयोजकहरु, एकिकृत योजना तर्जुमा समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। सो भेलामा कार्यकारी अधिकृत श्री दयाराम तिवारीज्यूले यस नगरपालिकामा आर्थिक बर्ष ०७४/७५ मा वडाबाट छनौट हुने योजनाको उदेश्य, मार्ग दर्शन, प्राथमिकताका आधारहरु, छनौट प्रकृया आदिसंबन्धी नीतिनियमहरुमाथि प्रकाश पर्नु भएको थियो ।

सो कार्यक्रममा ने.क.पा माओवादी केन्द्रका नगरप्रतिनिधी गिता शाही, ने.क.पा एमाले ऋषिराम पन्त, नेपाली  काँग्रेसका श्री भक्त आचार्यले वास्तबिक जन उपयोगी आयोजनाहरु छनौटगर्नु पर्नेमा जोड  दिनु भएको थियो भने समितिका बिभिन्न सदस्यहरु एवं उपस्थित महानुभावहरुले योजना तर्जुमालाई निश्पक्ष ढंगबाट अघि बढाउन रायसुझावहरु दिनु भएको थियो।कार्यक्रमको सञ्चालन भानु न.पा. नायव सुब्बा शंकर रानाभाटले गर्नु भएको थियो । उक्त भेलाले बिभिन्न मिति मा वडा भेला गर्ने निर्णय समेत गर्यो।