FAQs Complain Problems

समाचार

आर्थिक बर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम ।

भानु नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रथम नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम तथा बजेट नगर प्रमुख उदयराज गौलीले र्सार्वजनिक गरेका हुन् ।

भानु नगरपालिकाद्वारा विनियोजित बजेटमा पूँजिगततर्फ कुल बजेटको ४५.७३ प्रतिशत २३ करोड ९९ लाख ६८ हजार र चालु तर्फ ५४.२७ प्रतिशत अर्थात २८ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ । बजेटमा सशर्त अनुदान तर्फ २४ करोड २९ लाख ८९ हजार, समानिकरण अनुदान तर्फ २४ करोड ८४ लाख ६४ हजार रहने अनुमान गरिएको छ । नगरपालिकाले अनुदानमा शिक्षा तर्फ २१ करोड ११ लाख ६५ हजार, स्वास्थ्यमा २ करोड ९३ लाख ८५ हजार, कृषि तथा पशु सेवा विकास तर्फ २४ लाख ३९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

त्यस्तै, सबै वडाहरुमा ८ लाख ५० हजार रुपैयाँका दरले निर्दिष्ट शीर्षक रहने गरी प्रशासनिक खर्च विनियोजन गरेको छ । नगरपालिकाले विकास कार्यक्रमतर्फ ४५ करोड ५३ लाख ५६ हजार मध्ये पूर्वाधार विकासमा १० करोड, ३३ लाख ३० हजार रुपैयाँ, सामाजिक विकास तर्फ २७ करोड १५ लाख ३४ हजार रुपैयाँ, आर्थिक विकासमा ९५ लाख ९५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ७२ लाख ७० हजार छुट्याएको छ । संस्थागत विकास, सेवा प्रवाह एवं सुशासनमा ४ करोड ६६ लाख २७ हजार रुपैयाँ, सडक मर्मत सम्भारका लागि ७० लाख रुपैयाँ र प्रशासनिक खर्च तर्फ ६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खर्च हुने नगर प्रमुख गौलीले छुट्याएका छन् ।

नगरपालिकाले आगामी बर्षका लागि नीति, कार्यक्रम, योजना तथा बजेटमा  कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।   नगरपालिकाले चालु आर्थिक वर्ष २०७४र०७५ मा १ करोड ३२ लाख ८० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिइएको छ ।