समाचार
प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्री भीमप्रसाद तिवारी को विदाइ कार्यक्रम
प्रमुख प्रशासकीय अधिकृत सरको बिदाइ कार्यक्रम ।
मिति २०७८ पौष १९ गते
भानु नगरपालिका तनहुँका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्री भीमप्रसाद तिवारी सरको औपचारिक बिदाइ गरियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार उहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखरा सरूवा हुनुभएको हो । विगत ९ महिनादेखि भानुमा रहँदा उहाँको कार्यशैली, बोली, व्यवहार, समन्वयकारी भूमिका र कर्मचारीहरूका लागि अभिभावकीय नेतृत्व निकै अनुकरणीय रह्यो । सरको भावि जीवन सुखद, उपलब्धिमूलक बनुन्, वृत्तिविकास गर्ने अवसरका ढोकाहरू खुल्दै जाउन् भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।