FAQs Complain Problems

भानु नगरपालिकाको परिचय

नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मभुमि चुँदिरम्घा क्षेत्र तथा नेपालकै राजनितिक इतिहास दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेल को जन्मथलो मैवलकोट क्षेत्र लाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोला ले भाग लगाएको भानु र बरभञ्याङ्ग गा.वि.स. लाई नेपाल सरकारको मिति २०७२।०६।०१ को निर्णय अनुसार घोषणा भएको आदिकवि भानुभक्तको नाऊँ बाट नामकरण भएको यस भानु नगरपालिका कार्यलय विधिवत रुपमा २०७२।०६।१५ गते शुक्रबार देखि संचालनमा आएको छ । काठमाण्डौं पोखरा पृथ्वीराजमार्गको डुम्रे बजार बाट शुरु भएको डुम्रे वेशीसहर सडक यसै नगरपालिकाको पूर्व भाग भएर गएको छ । डुम्रे–भन्सार चन्द्रावती सडक यस न.पा. को उत्तर दक्षिण गरेर निर्माण भएको छ ।