FAQs Complain Problems

सूचना तथा समाचार

कार्यकारी अधिकृतको मोबाईल नम्बर परिवर्तन वारे सुचना

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाईल नम्बर परिवर्तन गरेकोले भानु न. पा. कार्यालयका कार्यकारी अधिकृतको नम्बर  ९८५६००५१११ भएको ब्यहोरा जानकारी गराईन्छ।

भानु नगरपालिकाको वडा संम्बन्धी सुचना

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७/४०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठकले  निम्न मिति र स्थानमा वडा भेला निर्णय गरेको छ।

भानु नगरपालिकाको पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक सम्पन्न

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७४/०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक भानु नगरपालिकाको कार्यकारी अधिकृत श्री दयाराम तिवारीको अध्यक्षतामा मिति २०७३-०८-१८ मा सम्पन्न भयो।

आ. व. २०७३-०७४ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ताको विवरण

यस भानु नगरपालिका कार्यालयले आ. व. २०७३-०७४ को प्रथम चौमासिक (साउन-कार्तिक) अवधीमा जेष्ठ नागरिक, एकल, तथा बिधुवा, अपाङता वालवालिकालाई    वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको विवरण :-

भानु नगरपालिकाको प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७३ कार्तिक ३० गते यस भानु नगरपालिका कार्यालयको परिसरमा आ व २०७३-७४को प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भयो।

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम २०७३/०४/३१ गते सम्पन्न भएको छ। भानु नगरपालिकाका अधिकृत दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आ व २०७२/०७३ नगरपालिकाबाट भएका काम, नगरपालिकाको आम्दानि खर्च लगायतका बिषयमा समिक्षा गरिएको थियो। 

एकिकृत सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न

भानु नगरपालिकामा एकिक्रित सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ।

भानु नगरपालिकामा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न

भानु नगरपालिकामा मिति २०७३-०४-१९ मा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ। भानु नगरपालिकाका सर्वदलिय प्रतिनिधी,उद्योग बाणिज्यसंघका प्रतिनिधी लगायत नगरपालिका कर्मचारीहरुको उपस्थिती रहेको उक्त अभिमुखिकरण गोष्ठीमा एकिकृत कर सम्बन्धी जानकारी गराईेको थियो।

नयाँ कार्यकारीलाई स्वागत

भानु नगरपालिका कार्यलयका लागि नवनियुक्त कार्यकारी अधिकृत दयाराम अधिकृत ज्युको एक कार्यक्रमका वीच सम्मान गरियो। उक्त कार्यक्रममा भानु नगरपालिकाका सर्वदलिय प्रतिनिधी ई प्र का प्रमुख, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

Pages