६ अर्बको ठेक्कामा सवा २ अर्ब क्षतिपूर्ति दाबी (Test Page)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ । यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आइतबार पर्यटन बोर्ड र विमानस्थलमा छुट्टाछुट्टै भएका कार्यक्रममा यो जानकारी दिएका आजको अन्नपूर्णमा समाचार छ ।