FAQs Complain Problems

भानु नगरपालिकाको प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७३ कार्तिक ३० गते यस भानु नगरपालिका कार्यालयको परिसरमा आ व २०७३-७४को प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भयो।

सो कार्यक्रममा भानु नगरपालिका कार्यलयका कार्यकारी अधिकृत श्री दयाराम तिवारी सभापतित्वमा सम्पन्न भएको थियो। सो कार्यक्रममा भानु नगरपालिकाले प्रथम चौमासिक अवधिमा भए गरेका कामहरु प्रति सेवाग्राहीले राखेका प्रश्नहरुको जवाफ दिनुभएको थियो।

सार्वजानिक सुनुवाई कार्यक्रममा नगरप्रतिनिधीहरु, बिभिन्न राजनैतिक दल सम्बद्ध ब्यक्तिहरु, सेवाग्राहीहरु, भानु नगरपालिका स्थित बिषयगत कार्यालयहरु, नया शहर आयोजनाका नि। प्रमुख, कृषि, पशु, सुरक्षा, प्रहरी प्रमुख एवं प्रतिनिधीले सेवाग्राहीले उठाएका सवालमा जवाफ दिनु भएको थियो। उक्त कार्यक्रमको सहजीकरण स्थानिय शासन उत्तरदायी संयन्त्र, पोखरा र दिगो बिकासकालागि वहुउदेश्यीय प्रतिष्ठान, दमौलीले गरेको थियो।